दफा
समितिको कोष

८. समितिको कोष

(१) समितिको कार्य सञ्चालनको लागि एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–

(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संस्थाबाट चन्दा वा सहायता स्वरुप प्राप्त रकम,
(ग) अन्तराष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा व्यक्तिबाट ऋण वा अनुदान स्वरुप प्राप्त रकम,
(घ) समितिले उपलब्ध गराएको सेवा वापत प्राप्त रकम, वा
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु पूर्व समितिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिले उपदफा (१) बमोजिमको कोषमा रहने रकम नेपाल भित्रको कुनै बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिने छ ।
(५) समितिको लेखा कार्यकारी निर्देशक र समितिको लेखा सम्बन्धी काम गर्ने कर्मचारीको संयुक्त हस्ताक्षरबाट सञ्चालन गरिनेछ ।